आर. डी. टि.(RDT) र पी. सि. आर. (PCR) भनेको के हो ?
आर. डी. टि.(RDT)
-
आर. डी. टि. (RDT/ Rapid Diagnostic Test/ द्रुत निदान परिक्षण) ले कोभिड-१९ (COVID-19) रोग गराउने सार्सकोभ-२ (SARS-CoV-2) भन्ने भाइरस विरुद्ध शरीरमा बनेका एन्टीबडिहरु पत्ता लगाउँदछ । (भाइरसको संक्रमण भइसकेपछि शरीरले सो संक्रमणसँग लड्नको लागि एन्टीबडिको उत्पादन गर्छ, एन्टीबडि भनेको एक प्रकारको प्रोटिन हो) ।
-
यो परिक्षण छिट्टै र सजिलै गर्न सकिने हुनाले रोगको व्यापक खोज गर्नको लागि यो परिक्षण राम्रो मानिन्छ ।
पी. सि. आर. (PCR)
-
पी. सि. आर. (PCR/ Polymerase Chain Reaction/ पोलिमरेज चेन प्रतिक्रिया) ले कोभिड-१९ रोग गराउने सार्सकोभ-२ भाइरसमा भएको न्युक्लिक तत्व (RNA) पत्ता लगाउँछ ।यो महँगो र जटिल विधि हो त्यसैले रोगको व्यापक पहिचानको लागि यो विधि उपयुक्त मानिदैन ।
-
यो परिक्षणले हाल संक्रमण भईरहेको अवस्थालाई पत्ता लगाउँछ।
-
RDT पोजिटिभ र PCR पनि पोजिटिभ भएमा कसरी बुझ्ने ? (RDT positive + PCR positive)
व्यक्ति COVID-19 संक्रमणको सक्रिय चरणमा छ र सो व्यक्तिले अरुलाई संक्रमण सार्न सक्छ ।
-
RDT नेगेटिभ र PCR पनि नेगेटिभ भएमा कसरी बुझ्ने? (RDT negative + PCR negative)
व्यक्तिलाई COVID-19 संक्रमण भएको छैन र ऊ सुरक्षित छ ।
-
RDT पोजिटिभ तर PCR नेगेटिभ भएमा कसरी बुझ्ने? (RDT positive + PCR negative)
व्यक्तिलाई COVID-19 संक्रमण केहि हप्ता पहिले भएको हो र हाल ठिक भईसकेको छ तर सो व्यक्ति संक्रमणको सक्रिय अवस्थामा हुँदा अरुलाई संक्रमण सारेको हुन सक्छ त्यसैले सो व्यक्तिको सम्पर्कमा रहेको व्यक्तिहरुको ट्रेसिंग गर्न जरुरी हुन्छ ।
-
RDT नेगेटिभ तर PCR पोजिटिभ भएमा कसरी बुझ्ने? (RDT negative + PCR positive)
व्यक्ति इन्कुबेसन अवधिमा (भाइरस संक्रमण भएदेखि लक्षण देखिउन्जेल सम्मको समय अवधि) वा संक्रमणको सुरुवात चरणमा वा लक्षण रहित हुन सक्छ तर यस्तो अवस्थामा सो व्यक्तिले अरुलाई संक्रमण सार्न सक्छ ।