Published Date : 2020-06-19 (Modified Date : 2020-06-19)

कोभिड-१९ को सन्धर्भमा प्रयोगमा आउने केहि मूख्य शब्दावलीहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

संक्रमितको निकट सम्पर्कमा रहेको व्यक्ति भन्नाले यसप्रकार परिभाषित गरिन्छ  :

सम्भावित संक्रमित वा संक्रमण सुनिश्चित भएको व्यक्तिसँग लक्षण देखिएकोदिन भन्दा २ दिन पहिले वा लक्षण देखिएपछिका १४ दिन सम्ममा देहाय बमोजिम कुनै पनि प्रकारको सम्पर्कमा आएका व्यक्तिहरु:

१. निजसँग १ मिटर वा सो भन्दा नजिकैको दुरीमा १५ मिनेट वा सो भन्दा बढी समय ब्यतित गरेको,

२. नीजसँग प्रत्यक्ष शारीरिक संसर्गमा आएको,

३. व्यक्तिगत सुरक्षण सामाग्री  (PPE)बीना नै संक्रमितलाई प्रत्यक्ष स्वास्थ्य स्याहार तथा हेरचाह गरेको,

      ४. हवाइजहाजमा यात्रा गर्दा नीज बसेको सिटभन्दा दुई सिट अघि, पछि, दायाँ वा बायाँ रहेका अन्य सिटमा बसी यात्रा गरेको ।

नोटः लक्षण नदेखिएता पनि प्रयोगशाला परिक्षणको नतिजाबाट संक्रमण पुष्टि भएको अवस्थामा, पोजिटिभ नतिजा आएको नमुना संकलन भएका मिति अघिः (स्थानीय संक्रमण पुष्टि भएको स्थानमा बसोबास भएको वा त्यस्तो स्थानको यात्रा गरी फर्किएको वा सम्भावित वा शंकास्पद वा संक्रमण निश्चित भएका व्यक्तिहरुसँग निकट सम्पर्कमा रहेको दिन देखि उक्त नमुना संकलन गरेको १४ दिन पछि सम्मको अवधिलाई सम्पर्क अवधि मान्नु पर्नेछ ।)

संक्रमितको निकट सम्पर्कमा रही संक्रमणको उच्च जोखिम रहेको व्यक्ति भन्नाले यसप्रकार परिभाषित गरिन्छ  :

 

१. सम्भावित संक्रमित, शंकास्पद संक्रमित वा संक्रमण सुनिश्चित भएको व्यक्तिसँग एकाघरमा बस्ने व्यक्तिहरु,

२. निजहरु बिरामी भएको अवस्थामा आवश्यक सावधानी नअपनाई स्वास्थ्य स्याहार गर्ने व्यक्तिहरु, र

३. गर्भवती, मधुमेहका रोगी, अन्य दीर्घ रोग भएका व्यक्तिहरु र ६० वर्ष उमेर नाघेका व्यक्तिहरु।

सम्भावित संक्रमित भन्नाले भन्नाले यसप्रकार परिभाषित गरिन्छ  :

कोभिड-१९ का लागि नमुना परिक्षणको नतिजाको निश्कर्ष आइनसकेको वा कोभिड-१९ स्क्रिनिंगबाट शंकास्पद संक्रमित भन्ने पहिचान भएको तर कोभिड-१९ नै हो भन्ने यकिन भइनसकेको ।

शंकास्पद संक्रमित भन्नाले यसप्रकार परिभाषित गरिन्छ:

ज्वरो (१००.४•F) भन्दा बढीवा खोकि वा श्वासप्रश्वासमा समस्या आएको र कोभिड-१९ को स्थानीय संक्रमण पुष्टि भएको स्थानमा बसोबास भएको वा त्यस्तो स्थानको यात्रा गरी फर्किएको वा कोभिड-१९ का सम्भावित वा शंकास्पद वा संक्रमण निश्चित भएका व्यक्तिहरुसँग निकट सम्पर्कमा रहेको वा अस्पतालमा भर्ना गर्न आवश्यक भएको तर कोभिड-१९ संक्रमण बाहेक भर्ना हुनाको अन्य कारण पुष्टि हुन नसकेको ।   

संक्रमण सुनिश्चित भएको भन्नाले यसप्रकार परिभाषित गरिन्छ :

क्लिनिकल लक्षण तथा चिन्हहरु भए वा नभएता पनि प्रयोगशालाबाट संक्रमण पुष्टि भएका व्यक्तिहरु ।

क्वारेन्टाईन भन्नाले यसप्रकार परिभाषित गरिन्छ :

बिरामी नभएको र कुनै पनि लक्षण नदेखिएको व्यक्ति तर बिरामीवा संक्रमित क्षेत्र संग सम्पर्कमा आएको हुनाले रोग देखिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सो व्यक्तिलाई निश्चित समय सम्म अरुबाट टाढा राख्ने व्यवस्था।

आइसोलेशन भन्नाले यसप्रकार परिभाषित गरिन्छ  :

संक्रमण पुष्टि भइसकेको र सम्भावित केशले अरूलाई संक्रमण सार्न सक्ने भएकाले छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था ।

आम जनसमुदायलाई अनुरोध र सुझावहरुः-

हाल विश्व महामारीको रुपमा रहेको कोभिड-१९ रोगबाट बच्न आवश्यक सावधानी अपनाएर एक जिम्मेवार नागरिकको कर्तव्य निभाउनु हामी सबैको दायित्व हो तसर्थ लकडाउनको पालना गरौं, सामाजिक दुरी कायम गरौं र संक्रमणबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं।